शुक्रबार, जेठ २६, २०८०

एमालेको स्थायी कमिटी बैठक बस्दै नेता नेपालसहित ११ जनालाई सोधिएको स्पष्टीकरणबारे थप निर्णय गरिने

फ्ल्यासन्युज नेपाल२०७८ जेठ १० गते ११:३४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाएका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह स्थायी कमिटी बैठक बस्ने नेताहरुले बताएका छन् ।

राष्ट्रियसभाको निर्वाचनमा पार्टीका आधिकारी उम्मेद्वारलाई मत नदिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालगायतका नेतालाई सोधेको स्पष्टीकरणका बारेमा थप निर्णय गर्न बैठक बोलाइएको नेताहरुले बताएका छन् ।

यस्तै पार्टीको निर्देशनविपरीत विपक्षी गठबन्धनलाई प्रधानन्त्री बनाउन सहयोग गरेको पनि सो समूहमाथि एमाले संस्थापन पक्षको आरोप छ । यसअघि बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित ११ जनालाई २ दिनको समयसीमा दिएर स्पष्टीकरण सोधेको थियो ।

गत शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि नेपाली कांग्रेसलगायत विपक्षी ५ दलले विरोध गरिरहेका छन् ।

एमालेकै नेता नेपाल पक्षले पनि प्रतिनिधिसभा विघटनको विरोध गरिरहेको छ । यस्तै आजको बैठकमा विपक्षी गठबन्धनले आफू र राष्ट्रपतिविरुद्ध दर्ता गराउन खोजको रिटलगायत आगामी रणनीतिका बारेमा पनि छलफल हुने बताइएको छ ।

तपाइँको प्रतिक्रिया