मंगलबार, जेठ १६, २०८०

नक्कली हस्ताक्षरका आधारमा प्रधानमन्त्री दाबी गरेको प्रधानमन्त्री ओलीको आरोप 

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ९ गते १५:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलले नक्कली हस्ताक्षरका आधारमा प्रधानमन्त्रीको दाबी गरेको दाबी गरेका छन् ।

बालुवाटारमा नेकपा एमाले निकट पत्रकारको संगठनले गरेको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतलाई राजनीतिक झमेला, गालीगलौजजस्ता स्तरहीन कुरा नगर्न चेतावनी दिए ।

उहाँले कांग्रेसलाई लक्षित गरी लोकतान्त्रिक पार्टीले अलोकतान्त्रिक काम गरिरहेको बताए । कांग्रेस, माओवादीले नक्कली हस्ताक्षर लिएर प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपति कहाँ गएको प्रधानमन्त्रीको आरोप छ । उनले माओवादी लोकतन्त्र सिध्याउन हिँडेको तर अहिले तरिका फेरेको आरोप पनि लगाए ।

प्रधानमन्त्री ओलीले संसद विघटनविरुद्ध राजनीतिक र कानूनी लडाइँ शुरु गरेका विपक्षी गठबन्धनलाई कोरोना महामारीविरुद्ध लड्न आग्रह गरे।

तपाइँको प्रतिक्रिया