कार्बाही र बदलाको राजनीतिले कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन्- नेता भट्टराई
फ्ल्यासन्युज नेपाल२०७८ जेठ ९ गते १३:३७
काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले कारबाही र बदलाको राजनीतिले गन्तव्यमा नपुगिने बताएका छन् ।
एमालेले माधव नेपालसहितका नेताहरुलाई कारबाहीको प्रक्रिया सुरु गरेपछि भट्टराईको यस्तो टिप्पणी गरेका हुन् । भट्टराईले सामाजिक सञ्जालमा लेख्दै ‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पुर्याएको छैन र पुर्याउँदैन पनि। पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो। सबैले आफ्नो विगतलाई हेरौँ। धैर्य गरौँ, संवाद गरौँ’, भनेका छन्।
एमाले माधव समूहका २६ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे पनि भट्टराईले नगरेपछि उनले माधव समूहको साथ छाडेको रुपमा अर्थ लगाइएको थियो।