शुक्रबार, जेठ २६, २०८०

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या घट्दै आज थप १२९ संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ८ गते १७:१७

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १ सय २९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ ।

पछिल्लो पटक ८ हजार ९ सय ८० जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ८ हजार ५ सय ९१ र एन्टिजेनबाट ३ सय ८९ संक्रमित थपिएका हुन् ।

पछिल्लो पटक १९ हजार तीन सय ५७ पीसीआर र ७ सय ४८ एन्टिजेन परीक्षण गरिएको हो । पछिल्लो पटक ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त भएका छन् ।

तपाइँको प्रतिक्रिया