शुक्रबार, जेठ २६, २०८०

प्रतिनिधि सभा विघटन विरुद्ध दलिय गठबन्धन, एकजुट भई प्रतिवाद गर्ने

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ८ गते १४:४१

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध दलिय गठबन्धन अघि बढेको छ । पाँचवटा दलको संयुक्त बैठक बस्दै प्रतिनिधि सभा विघटन विरुद्ध एकमत भएर प्रतिवाद गर्ने निर्णय गरेको छ ।

गठबन्धनको बैठकपछि जारी गरिएको संयुक्त वक्तव्यमा प्रतिनिधिसभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कार्यप्रति घोर भर्त्सना र निन्दा गरिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी दुर्गा पौडेलले जारी गरेको संयुक्त वक्तव्य जारी गर्दै ‘राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय , अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं भनिएको छ ।
हेर्नुहोस् वक्तव्य जस्ताको त्यस्तै

तपाइँको प्रतिक्रिया