ओलीद्वारा प्रमुख निर्वाचन आयुक्तहरुसँग चुनाव तयारीका बारेमा छलफल
फ्ल्यासन्युज नेपाल२०७८ जेठ ८ गते १२:१६
काठमाडौं । सरकारले कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा चुनावको तयारीका लागि निर्वाचन आयोगसँग छलफल थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरुसँग निर्वाचनको लागि आवश्यक तयारी र सरकारको तर्फबाट चाहिने सहयोगका बारेमा छलफल गर्दैछन् । विहान ११ बजे शुरु भएको बैठकमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र पूर्व महान्यायाधिवक्ता अग्नि खरेल समभागी छन् ।
त्यस्तै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयुक्तहरु बैठकमा सहभागी छन् ।