शुक्रबार, जेठ २६, २०८०

कांग्रेसले संसद विघटन विरुद्ध राजनीतिक र कानूनी लडाई लड्ने निर्णय

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ८ गते १२:०७

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध कांग्रेसले राजनीति र कानूनी लडाई लड्ने निर्णय गरेको छ शनिबार बिहान कांग्रेस सभापति शेर बहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारको कदम विरुद्ध राजनीतिक र कानूनी रुपमा लडाई गर्ने निर्णय गरेको हो ।
लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय भएको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए। त्यसका लागि साथमा रहनुभएका अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गर्ने निर्णय भएको छ,ु महतले भने । उनले प्रतिनिधिसभा विघटनको विरोध गर्नका लागि नागरिक समाजलाई पनि आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिनिधिसभा विघटन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको निष्कर्ष निकालिएको महतले बताए ।

ुराष्ट्रपति र प्रधानमन्त्रीले जुन षडयन्त्रपूर्ण तरिकाबाट हिजो निर्णय गर्नुभयो यो घोर अलोकतान्त्रिक संविधानको मूल मर्मविरुद्धमा रहेको हाम्रो निष्कर्ष रह्यो,ु महतले भने, ुबहुमतसहित विपक्षी दलको नेताले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दाबी गरेको कुरालाई लत्याइएको भन्ने ठहर भयो ।ु

तपाइँको प्रतिक्रिया