शुक्रबार, जेठ २६, २०८०

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हाले- गगन थापा

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ८ गते ८:४४

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कारण मुलुक अँध्यारो सुरुङमा हालेको आरोप लगाए । नेता थापाले ट्विट गर्दै खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद भन्दै उल्लेख गरेका छन् ।

उनले विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरी विघटन१कस्तो सेटिङ१प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो।लिए भन्दै उल्लेख गरेका छन् ।

नेता थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती
जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन् । साथै उनले नेतागण ! नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं भन्दै विरोधका लागि आव्हान गरेका छन् ।

तपाइँको प्रतिक्रिया