ओली विद्याको कुकर्म मध्यावधी चुनाव हैन,संविधान खारेज गर्ने प्रपंच हो-भट्टराई
फ्ल्यासन्युज नेपाल२०७८ जेठ ८ गते ८:१६
काठमाडौं । जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीले चुनाव नभएर उनीहरुले संविधान खारेज गर्न लागेको आरोप लगाएका छन् । प्रतिनिधि सभा विघटन गरि दुई चरणमा मध्यावधी निर्वाचन तोकिदिएपछि डा. भट्टराईले आक्रोशपूर्ण अभिव्यक्ति दिएका हुन् ।
शनिबार बिहान ट्विट गदै डा. भट्टराईले भित्रीरबाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिंगमा गत पुस ५बाट जुन अलोकतान्त्रिक रअसंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको उल्लेख गरेका छन् । त्यसैको कडी हो यो ओली- विद्या कुकर्म ! यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो भन्दै खरो रुपमा विरोध जनाएका छन् ।
उनले त्यसका विरुद्ध एकजुट हुँदै प्रतिकार गर्न समेत आव्हान गरेका छन् ।