थप १७७ जना कोरोना संक्रमितको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ जेठ ७ गते १७:४२
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै कुल २२,३५३ मा गरिएको परिक्षणमा ८,४०७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७,८९० जना कोरोना मुक्त भएका छन् । त्यस्तै कुल सक्रिय संक्रमित( १,१६,१९२ रहेको छ । जसमध्ये १,७१६ जना आईसीयुमा छन भने ५११ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संस्थागत आइसोलेसन ७,६९७ जना र घरमै १,०८,४९५ घरमै उपचार गराइरहेका छन् ।