प्रधानमन्त्री ओलीद्वारा प्रधानमन्त्रीका लागि दावी
फ्ल्यासन्युज नेपाल२०७८ जेठ ७ गते १६:५१
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रधानमन्त्रीका लागि पून दावी सहित शितल निवास पुगेका छन् ।
नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको प्रधानमन्त्रीका प्रेस राजनीति सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।
दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेको रिमालले ट्टिटमा उल्लेख गरेका छन् ।