मंगलबार, जेठ १६, २०८०

विपक्षी गठबन्धनको सहमति : हस्ताक्षर लिएर सांसद शीतल निवासतर्फ

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ७ गते १५:४५

काठमाडौं। संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनको दावी गर्दै विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति भवन शीतल निवासतर्फ लागेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दावी प्रस्तुत गरेको छ । कांग्रेस नेता गगन थापाका अनुसार एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षर लिइएको छ ।

राष्ट्रपतिले दिएको समयभित्र दावी पेश गर्नका लागि नेताहरु शीतल निवास गएको थापाले बताए ।

तपाइँको प्रतिक्रिया