मंगलबार, जेठ १६, २०८०

राष्ट्रिपति  माथिको विरोध गणतन्त्र माथिको विरोध हो- प्रधानमन्त्री

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ७ गते १३:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अाेलीले विश्वासको मत नदिनका लागि राष्टिय राजनीतिमा ठूलो चक्रब्यू भएको बताएका छन् । यस पटक विश्वासको मत नपुगोस, भन्नका लागि नै दलहरु भित्रबाटै समेत बिग्रह गरेको बताए । २७ जना मान्छे दलभित्रबाटै लागेको बताए । माधव कुमार नेपाल विरुद्ध खनिएका प्रधानमन्त्री ओलीले यो नैतिक प्रयास नभएको बताए ।

अन्तरध्वश मच्याउने देखि लिएर सक्रिय भएर इतिहासमै कलंकित बन्नका लागि विश्वास प्राप्त नहोस भनेर लागेको आरोप लगाए । वैकल्पीक सरकार बनाउनका लागि राष्टपतिले तीन दिनका लागि समयावधी दिँदा पनि सरकार गठन गर्न नसकेको आरोप लगाए । प्रमुख प्रतिपक्ष बाहेकका दलहरुले तपाईको यो संसदमा नैतिक हिसाबमा आउन नहुने जिकिर गरेको बताए । मैले चाहेर हैन संविधानले मलाई फेरी प्रधानमन्त्री बनाएको दाबी गरे । कसैलाई रिस डाह लागेपनि संविधानको प्रावधानले दिएको बताए ।

विश्वासको मत नदिएर सरकार ढाल्ने ह्विप उलंघन गर्ने किसिममा क्रियाकलाप भएको बताए । लोकतन्त्रको प्रणाली माथि यस्ता क्रियाकलाप घातक भएको बताए । एक दिनको समय दिएर २१ घण्टाको समय तोकेको भन्ने हुर्मत देखाएको बताए । उनले दलहरु मिलेर जाने समय आज दिनभरी ५ बजे सम्म रहेको बताए । उनले तपाईहरु वैकल्पीक सरकार बनाउनुहोस् मेरो रचनात्मक सहयोग गर्ने छ । उनले भने । मेरो दल सहयोगका रुपमा सहयोग गनुहोस् । मलाई समर्थन गर्नुहोस्। कसले गर्यो संसद विघटन गर्न । राष्ट्रिय र अन्तराष्टिय संकट अन्त्य गर्नका लागि छलफल गरों भनेको बताए ।

उनले आफूले शेर बहादुर देउवालाई फोन गरेर तपाईहरु सरकार बनाउनुहोस् म संयमित बनेर सहयोग गर्छु भनेको छु । यदि हैन भने राष्टिय सरकार बनाएर अघि बढाएको बताए । उनले उपयुक्त विकल्प भए प्रस्तुत गर्न समेत भनेको बताए । उहाँहरु राजनीतिलाई घृणा तर्फ उन्मुख गर्न लागेको आरोप लगाए ।

वैकल्पीक सरकार बनाउन छोड्दा पनि संविधानको थिचोमिचो हुन्छ भन्दै प्रश्न गरे । उनले आफूले विश्वासका मत नपाएपछि संविधानको धारा ७६ को उपधारा ५ बमोजिम गएको दाबी गरे । कोही राष्ट्रपतिलाई महाअभियोग लगाउने आक्रोश कुण्ठा के हो ? प्रधानमन्त्री माथि अविश्वासको प्रस्ताव ल्याउ भनेकै छ । संविधानमा के व्यवस्था छ । अनि राष्ट्रपति माथिको आक्रोश किन हो । राष्ट्रिपति  माथिको विरोध गणतन्त्र माथिको विरोध हो ।

राष्ट्रिपति अपमान गर्ने काम भएको बताए । राष्ट्रिपतिको काम कर्तव्य बुझ्न पर्दैन भन्दै आक्रोश पोखेका छन् । यहाँ संविधानको व्याख्या गर्ने स्वतन्त्र न्यायपालिका भएको बताए । वैकल्पीक सरकार बनाउने बाटो खोलिदिएको बताए ।

तपाइँको प्रतिक्रिया