देउवा निवासबाट नेपाल बाहिरिए
फ्ल्यासन्युज नेपाल२०७८ जेठ ७ गते १२:४५
काठमाडौं । विपक्षी दलसँग छलफल गर्नका गएका नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल कांग्रेस सभापति शेर बहादुर देउवा निवासबाट बाहिरीएका छन् ।
कांग्रेस पदाधिकारीको बैठकले संविधान रक्षाका निम्ती सबै विकल्प खुला गर्ने भन्दै प्रतिपक्ष दलसँग बैठक आव्हान गरेका थिए । बैठकमा सहभागी भएर केहि समय अघि एमाले नेता माधव कुमार नेपाल बाहिरीएका हुन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित अन्य विपक्षी दलको बैठक जारी रहेको छ ।