शुक्रबार, जेठ २६, २०८०

विपक्षी दलसँग छलफल गर्न माधव नेपाल बुढानिलकण्ठ पुगे

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ७ गते १२:१७

काठमाडौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्नका लागि नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । कांग्रेस सभापति देउवाले नयाँ सरकार गठनका विषयमा छलफल गर्न विपक्ष दलको बैठक बोलाएका हुन्। बैठकका लागि केहीबेर अघि नेपाल बुढानिलकण्ठ पुगेका हुन्।

नेपाल सहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुढानिलकण्ठ पुगेका छन्। विपक्षी दलको बैठकका लागि माओवादी, एमालेको नेपाल पक्षका नेतासँगै जनता समाजवादी पार्टी (जसपा) का नेतालाई बोलाइएको छ।

यसअघि देउवा निवासमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो। बैठकले सबै विकल्पमा खुल्ला रहँदै नयाँ सरकार गठनका लागि सबै दलसँग छलफल गर्ने निर्णय गरेको थियो।

तपाइँको प्रतिक्रिया