मंगलबार, जेठ १६, २०८०

लौरो उभ्याएर भएपनि ७६ (५)को बैकल्पीक सरकार दिऊॅ- बाबुराम

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ७ गते ११:०३

काठमाडौं । जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले लौरो उभ्याएर भए पनि सरकारको विकल्प खोज्नु पर्नेमा जोड दिएका छन् । शुक्रबार बिहान ट्विट गर्दै डा.भट्टराईले भनेका छन्, ‘लौरो उभ्याएर भए पनि ७६ (५)को वैकल्पिक सरकार दिउँ १ आजै गरौं, अहिल्यै गरौं ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आज साँझ पाँच बजेसम्मको समयसीमा दिएपछि पूर्वप्रधानमन्त्री भट्टराईले यो धारणा सार्वजनिक गरेका हुन् ।

संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो भन्दै भट्टराईले जे गरेर रक्षा हुन्छ त्यही गर्न भनेका छन् । जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवस्यक त्यागरबलिदान गरौं।लौरो उभ्याएर भए पनि७६(५)को वैकल्पिक सरकार दिऊॅ आजै गरौं,अहिल्यै गरौं१ बिपीरपिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधानरलोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ भन्दै ट्विटमा उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया