शुक्रबार, जेठ २६, २०८०

पार्टीको निर्देशन विपरित आधिकारी उम्मेद्वार विरुद्ध मतदान गरेको भन्दै एमालेद्वारा भत्र्सना

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ६ गते १६:५५

काठमाडाै । नेकपा एमाले स्थायी कमिटीको पाँचौ बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले बागमति प्रदेशमा भएको उप निर्वाचनको समिक्षा समेत गरेको छ ।

विहिबार सम्पन्न बागमति प्रदेश राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा देखा परेको पार्टीको निर्देशन विपरित पार्टीका आधिका।ीक उम्मेद्वार विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृतिलाई गम्भीरताका साथ लिदैं भत्र्सना समेत गरेको छ ।

त्यस्तै कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरुलाई प्रधानमन्त्रीले बैठकलाई जानकारी गराएका थिए । त्यस्तै पार्टीका केन्द्रीय सदस्य र्पू सांसद योगनारायाण यादवको निधन प्रति दुख व्यक्त गरेको छ।

 

तपाइँको प्रतिक्रिया