कोभिड खोप उपलब्ध गराइदिन बेलायतलाई प्रधानमन्त्री ओलीको अनुरोध
फ्ल्यासन्युज नेपाल२०७८ जेठ ६ गते १३:३०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत सरकारसँग कोभिड खोप उपलब्ध गराइदिन अनुरोध गरेका छन् । बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले निकुला पोलेटसँगको शिष्टाचार भेटघाट क्रममा खोप उपलब्ध गराइदिन अनुरोध गरेका हुन् ।
उक्त अवसरमा बेलायतले गरेको सहयोगका लागि प्रधानमन्त्रीज्यूले धन्यवाद ज्ञापन गगर्दै नेपाली जनताको लागि एस्टा जेनिक खोप उपलब्ध गराउन अनुरोधसमेत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।