महानगरिय परिसर काठमाडौैंका डिएपीको कोरोना संक्रमणका कारण निधन
फ्ल्यासन्युज नेपाल२०७८ जेठ ६ गते ११:०१
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ ।
उपचारको क्रममा उनको बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा निधन भएको होे । दुई हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।