कोरोना संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु,७,९८९ संक्रमण मुक्त
फ्ल्यासन्युज नेपाल२०७८ जेठ ५ गते १६:४७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधीमा ८,०६४ जना नयाँ सक्रमित थपिएका छन् ।
पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् । त्यस्तै आज ७,९८९ जनाले कोरोना जित्न सफल भएका छन् ।