शुक्रबार, जेठ २६, २०८०

गण्डकी प्रदेशका चार मन्त्रीले लिए सपथ

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ५ गते १६:०८

काठमाडौं । गण्डकी प्रदेशका चार जना मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्दा पुरानै मन्त्रीहरुलाई दोहोर्याएका छन् ।

किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । पूर्वमन्त्रीहरू रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्साल पनि पुनः नियुक्त भएका छन् ।

बस्नेत, पुन र लम्सालको मन्त्रालय तोकिएको छैन । यसअघि बस्नेत भौतिक पूर्वाधार, पुन, सामाजिक विकास र लम्साल उद्योग, पर्यटन र वातावरणमन्त्री थिए ।

मनाङेबाहेक सबै मन्त्रीले प्रदेश प्रमुख सीता पौडेलबाट शपथ लिएका छन् । मनाङे काठमाडौं भएकाले फिर्ता भएपछि सपथ ग्रहण गर्ने जनाएको छ ।

तपाइँको प्रतिक्रिया