प्रधानमन्त्रीले मागे गृहमन्त्री थापाको पक्षमा भोट
फ्ल्यासन्युज नेपाल२०७८ जेठ ५ गते १३:१०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बागमति प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त राष्टिय सभा सदस्यका लागि गृहमन्त्री रामबहादुर थापाको पक्षमा मतदान गर्न आव्हान गरेका छन् ।
माओवादी केन्द्रलाई परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका गृहमन्त्री थापाका पक्षमा मतदान गरि विजय गराउन प्रधानमन्त्री ओलीले आग्रह गरेका हुन् ।
बुधबार एक पेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले जेठ ६ गते हुने उप निर्वाचनका लागि राम बहादुर थापा नै पार्टीको उम्मेद्वार भएको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनको वरिष्ठ नेता भएको उल्लेख गरेका छन् । दुइ पृष्ठ लामो वक्तव्यमा ओलीले हामी सबै जन प्रतिनिधि पार्टीको उम्मेदारीबाट भएको स्मरण गराउँदै थापाको पक्षमा मतदान गर्न आव्हान गरेका छन् ।