नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ द्वारा कोरोना संक्रमितका लागि निशुल्क यातायात सेवा सुरु
काठमाडौं ।काठमाडौं क्षेत्र नम्बर ४ मा बस्ने कोरोना संक्रमितका लागि नेपाली कांग्रेसले निशुल्क यातायात सेवा सुरु गरेको छ । नेपाली कांग्रेसका सांसद एवम् युवा नेता गगन थापाले घरमै आइसोलेसनमा रहनुभएकालाई अस्पताल जानआउन,परीक्षण गर्न वा आइसोलेसन सेन्टर जानको लागि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ४ को नेतृत्वमा निस्शुल्क यातायात सेवा सुरु गरेका जानकारी दिए ।
थापाले एक भिडियो सन्देश मार्फत लकडाउनको अवस्थामा सवारी साधन पाउन गाह्रो हुने भएका कारण नागरिकहरुको जीवनरक्षाका लागि उत्त अभियान थालनी गरेको बताए । जसका लागि यातायता सेवाका लागि मनकारी व्यक्तिहरुले केही महिनाका लागि सवारी साधन उपलब्ध गराएकोमा धन्यवाद समेत ज्ञापन गरेका छन् ।
उक्त सेवा मार्फत संक्रमितहरुले अस्पताल जाने, फर्किने र चिकित्सकहरुसँग परामर्श लिने पाउने बताएका छन् । साथै सेवा लिने सेवाग्राहीहरुले निम्न नम्बरमा सम्पर्क गर्न समेत जानकारी दिएका छन् ।
सम्पर्क:कामनपा तर्फ:९८५१०९६३०३
बुनपा तर्फ:९८५१०६५२५/ ९८५१०७२१२९
हटलाइन नं.९८६०३४०५८७मा SMS गर्न सकिने छ ।