नवलपरासीमा गोली चल्यो, एक युवक घाइते
फ्ल्यासन्युज नेपाल२०७८ जेठ ५ गते १०:४७
नवलपरासी । पश्चिम नवलपरासीको दक्षिणी सिमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक स्थानीय युवक गम्भिर घाइते भएका छन् । गोली लागेर समाजसेवी बच्चा रायका छोरा २२ वर्षे अविनाश राय घाइते भएको स्थानीयले बताएका छन् । घटना के कारणले भएको खुल्न सकेको छैन् ।
आज विहान ९ ३० बजे घटना प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवामा सीमातर्फ जाँदै गरेका ३ जना नेपाली युवकलाई लक्षित गरि प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीले सीमामा गोली चलाएको घटनाले स्थानीयमा त्रास बढेको छ । सीमावर्ती गाउँ नेपाल भारत दुबैतर्फको अवस्था तनावपुर्ण बनेको छ ।