मंगलबार, जेठ १६, २०८०

भुकम्पले लमजुङमा ५ घर भत्काउँदा चार जना जना घाइते

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ५ गते १०:१९

काठमाडौं । आज बिहान लमजुङ केन्द्र विन्दु बनाएर आएको भुकम्पले ५ वटा घर भत्काएको छ भने चार जना घाइते भएका छन् । लमजुङको भुलभुले केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५‍.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
भुकम्पले ५ वटा घर भत्कीदा चार जना घाइते भएको प्रमुख जिल्ला अधिकारी होम प्रसाद लुइटेलको भनाईलाई उदृत गर्दै स्थानीय टेक बहादुर विश्वकर्माले जानकारी दिएका छन् । घाइतेहरुको उद्धार सहित उपचार भइरहेको जनाएको छ । भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए।

तपाइँको प्रतिक्रिया