मंगलबार, असोज १६, २०८०

थप १९६ जना कोरोना संक्रमितको मृत्यु, ८२०३ संक्रमित थपिए

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ४ गते १७:४६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार चार सय ११ पुगेको छ ।

पछिल्लो पटक ८ हजार दुई सय तीन जनामा संक्रमण पुष्टि भएको छ । ६ हजार ८ सय ९१ जना संक्रमण मुक्त भएका छन ।

एक हजार ५ सय ९० जनाको आइसीयू र ३ सय ९० जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

तपाइँको प्रतिक्रिया