शुक्रबार, जेठ २६, २०८०

बी एण्ड सी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन नदिन डा‍.केसीको माग

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ४ गते १५:४६

काठमाडौं ।चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले झापाको बीएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गरेका छन्

विज्ञप्ति निकालेर डाक्टर केसीले काठमाडौं विश्वविद्यालयका पदाधिकारीले फर्जी कागज बनाएर अधिकार क्षेत्रभन्दा बाहिर गइ निर्णय गरेको भन्‍दै बी एण्ड सीलाई सम्बन्धन नदिन माग गरेका हन् । काठमाडौं विश्वविद्यालयका पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा चलाएर पदमुक्त गर्न माग समेत गरेका छन्।

डाक्टर केसीले सिंगो देश कोभिडको कहरबाट गुज्रिरहेका समयमा निरीक्षणको फर्जी कागज बनाएर अधिकार क्षेत्रभन्दा बाहिर गई निर्णय गर्ने काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा लगायतका पदाधिकारीले पदीय दुरुपयोग भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

उहाँले उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल भ्रष्टाचारको मुद्दा चलाएर पदमुक्त गरिनुपर्ने मागसमेत गर्नुभएको छ । प्रधानमन्त्री र शिक्षामन्त्रीको ठाडो आदेशमा त्यस्तो निर्णय भएको डाक्टर केसीको दावी छ ।

विज्ञ सम्मिलित आयोगलाई लत्याउँदै भ्रष्ट र आपराधिक चरित्रका नेताको इशारामा हुने निर्णय स्वीकार्य नगर्ने केसीले बताएका छन् ।

तपाइँको प्रतिक्रिया