संसदमा बजेट प्रस्तुत हुनु अगावै विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी
काठमाडौं । प्रधानमन्त्री ओली केपी शर्मा ओलीले संसदमा बजेट प्रस्तुत गर्नु अगावै विश्वासको मत लिने तयारी गरेका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आफू जतिसक्दो चाँडो विश्वासको मत लिने मनसायमा रहेको जानकारी गराएका हुन्।
चाँडै विश्वासको मत लिने गरी छलफल भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । अल्पमतको सरकार भएकाले बजेट पास हुने सम्भावना नरहने भएकाले प्रधानमन्त्री ओलीले विश्वासको मत लिएर मात्र बजेट पेश गर्ने तयारी गरेका हुन् ।
यसका लागि सरकारले फेरि संसदको विशेष अधिवेशन आह्वान गर्ने वा नियमित अधिवेशन आह्वान गर्ने भन्नेबारे प्रधानमन्त्री ओली छलफलमा रहेका छन । विश्वासको मत नपाए अध्यादेशबाट बजेट ल्याउने र फेरी संसद विघटन हुन सक्ने आशंका गरिएको छ ।
यसैबीच मन्त्रिपरिषद् बैठकले कतार र चीनको ग्वान्जाओमा हवाई उडान खोल्ने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड९नाइन्टिन विरुद्धका स्वास्थ्य सामाग्री र मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको हो ।