कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले लिए शपथ
फ्ल्यासन्युज नेपाल२०७८ जेठ ३ गते १५:२९
सुर्खेत । कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् । नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र आन्तरिक मामिला, कानून, युवा तथा खेलकूद मन्त्री सीता नेपालीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनिले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख २९ गते कर्णाली प्रदेश सरकार हेरफेरमा तीन जना मन्त्री थप गरेका थिए । तर सत्ता साझेदार कांग्रेससँग सहमति हुन नसकेपछि शाहीले दुई जनालाई निरन्तरता दिनुभएको छ भने मन्त्री नियुक्त सांसद विन्दमान विष्टलाई भने शपथ नलिंदै हटाइएको छ ।
माओवादी र कांग्रेसको भागबण्डासँगै कांग्रेसको भागमा अब सामाजिक विकास र ऊर्जा तथा जलस्रोत मन्त्रालय परेको छ ।