नेपालमा थप १४५ जना कोरोना संक्रमितको मृत्यु, ७३६८ जनामा संक्रमण पुष्टि
फ्ल्यासन्युज नेपाल२०७८ जेठ २ गते १६:३४
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै आज थप ७३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१९ हजार ५३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ जनामा कोरोना पुष्टि भएको हो । २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।