एमाले विवाद समाधान कार्यदल गठन
फ्ल्यासन्युज नेपाल२०७८ जेठ २ गते १५:४८
काठमाडौं । नेकपा एमाले भित्रको आन्तरिक विवाद समाधानका निम्ति कार्यदल गठन भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालीच आइतबार भएको वार्तापछि विवाद समाधान कार्यदल गठन गरिएको हो ।
कार्यदलमा कार्यदलमा दुबै पक्षका ५र५ नेता रहेका छन्। ओली पक्षबाट कार्यदलको नेतृत्व सुवास नेम्वाङ र आफ्नो तर्फबाट भीम रावलले नेतृत्व गर्ने नेता नेपालले बताए।
कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघु पन्त सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्।