ओली र नेपालबीच वार्ता सुरु
फ्ल्यासन्युज नेपाल२०७८ जेठ २ गते १४:१८
काठमाडौं । लामो समय देखि फरक फरक गुटमा रहँदै आएका नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच पछिल्लो समय सम्वाद हुन थालेको छ । नेकपा एमाले भित्रको आन्तरिक विवाद समाधान गर्नका लागि आज पनि पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच सिंहदरबारमा सम्वाद सुरु भएको छ ।
शुक्रबार दुई समूहका नेताहरु सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको छ । नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने शुक्रबारको बैठकमा सहमति भएको थियो ।