बिहीबार, माघ २६, २०७९

पाकिस्तानको सिन्धमा गोली चल्दा ९ को मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ जेठ २ गते १३:५२

इस्लामाबाद।पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार राति दुई समूहबीच भएको गोली हानाहानमा नौ जनाको मृत्यु भएको छ । पाँच जना सख्त घाइते भएका छन् । प्रहरीका अनुसार, सिन्धको काँधकोट क्षेत्रमा दुई परस्पर आदिवासी समूहहरू जागिरानी र चाचारबीच घण्टौसम्म भिडन्त भएको थियो ।

घटनास्थलमा प्रहरी पुग्दा दुबै समूहका हतियारधारी व्यक्तिहरूले एकअर्कामाथि गोली चलाइरहेको देखिएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीले शवहरू बरामद गर्नुका साथै घाइतेहरूलाई अस्पताल भर्ना गरेको छ भने दुवै समूहका व्यक्तिमाथि दुई अलग मुद्दा दर्ता गरेको छ ।

स्वचालित बन्दुक, हाते ग्रिनेड र क्षेप्यास्त्र पनि प्रयोग भएको स्थानीय सञ्‍चार माध्यमले जनाएका छन् । स्थानीयबासीमा त्रास फैलिएको भन्दै प्रहरीले व्यापक कारबाही अगाडि बढाएको सिन्ध प्रान्तका प्रहरी प्रमुखले बताएका छन् । ९रासस०

तपाइँको प्रतिक्रिया