मंगलबार, माघ २४, २०७९

सरकारको पहलमा १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुग्यो

फ्ल्यासन्युज नेपाल२०७८ जेठ २ गते १०:३५

काठमाडौं । १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ । नेपाल सरकारको पहलमा चीन सरकारबाट सहयोग प्राप्त सिलिण्डर नाकासम्म आइपुगेको हो ।

नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन् । यस अघि चीनबाट ४ सय सिलिण्डर फ्लाइटबाट आइसकेको छ । थप १६ सय अक्सिजन सिलिण्डर फ्लाइटबाट नेपाल आउँदैछ । मस्कटबाट पनि ५६० वटा अक्सिजन सिलिण्डर नेपाल आइसकेको छ ।

कोरोना संक्रमण बढिरहेको र हस्पिटलहरुमा अक्सिजन अभाव भइरहेको सन्दर्भमा सरकारले चीन लगायतका देशबाट अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री आयातलाई प्राथमिकतामा राखेको छ । यस अघि एनआरएनको सहयोगमा खाडीका मुलुकबाट पनि अक्सिजन सिलिण्डर नेपाल भित्राइएको थियो ।

तपाइँको प्रतिक्रिया