थप १८७ जना कोरोना संक्रमितको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ जेठ १ गते १७:४७
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।यससँगै कुल मृतकको संख्या ४८५६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर थप १८७ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टाको अवधीमा ८१६७ जनामा संक्रमण पुष्टि भएको छ । १८ हजार ५४८ जनाको परीक्षण गर्दा ८१६७ जनामा संक्रमण पुष्टि भएको हाे ।