बिहीबार, माघ २६, २०७९

ठाकुर र यादवलाई कार्बाही गर्ने चेतावनी

फ्ल्यासन्युज नेपाल२०७८ जेठ १ गते १७:११

काठमाडौं । जनता समाजवादी पार्टीका (जसपा) उपेन्द्र यादव समूहले अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई कार्बाही गर्ने चेतावनी दिएका्े छ । दलको विधान विपरित राजेन्द्र महतोलाई जसपा संसदीय दलको नेता चयन गरेको भन्दै उपेन्द्र यादव र डा.बाबुराम भट्टराई समूहले ठाकुर र यादव दुब जनालाई कार्बाही गर्ने जनाएको हो ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई दिदै सांसद रामबाबु यादवले भने, ‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, र त्यो विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन ।’

‘विधान भन्दा तलमाथि जो गर्छ, त्यसलाई कारबाही हुन्छ उनले भने। हिजो मात्रै अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको जसपाको बैठकले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो ।

तपाइँको प्रतिक्रिया