शनिबार, माघ २१, २०७९

कांग्रेस उपसभापति गच्छदारलाई पत्नी शोक

फ्ल्यासन्युज नेपाल२०७८ जेठ १ गते १४:१३

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

निर्मलाको आज बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । निर्मला लामो समयदेखि फोक्सोसम्बन्धी समस्याबाट पीडित थिइन ।

यसअघि उनलाई भारतको नयाँ दिल्लीमा लगेर समेत उपचार गरिएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा संलग्न निर्मलाको निधनप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ ।

तपाइँको प्रतिक्रिया