शनिबार, माघ २१, २०७९

कर्णाली प्रदेश अस्पतालले कोरोनाका नयाँ बिरामी भर्ना लिन नसक्ने

फ्ल्यासन्युज नेपाल२०७८ जेठ १ गते ११:३२

सुर्खेत । नेपालगञ्जबाट अक्सिजनको आपूर्ति नभएकाले कोरोनाका नयाँ बिरामी कर्णाली प्रदेश अस्पतालले भर्ना लिन नसक्ने जनाएको छ ।

अक्सिजन आपूर्ति हुन नसकेका कारण कोभिड–१९ को संक्रमणका बिरामीलाई भर्ना गर्न नसकिने प्रदेश अस्पतालका निर्देशक डा। डम्बर खड्काले बताएका हुन् । प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि यहाँ रहेको कोरोना संक्रमित बिरामीलाई हाइफ्लो अक्सिजन दिनुपर्ने भएकाले अक्सिजन सिलिन्डर आवश्यक रहेको निर्देशक खड्काले बताए ।

अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट भए पनि त्यसबाट उत्पादन हुने अक्सिजनले बिरामीलाई थेग्न सक्ने अवस्था छैन । अहिले हाल करिब १०० सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ । तर, अस्पतालमा दैनिक ३०० बढी अक्सिजन आवश्यक पर्छ । हाल अस्पतालमा ९२ जना जटिल प्रकृतिका संक्रमित उपचाररत रहेको निर्देशक खड्काले बताए ।

तपाइँको प्रतिक्रिया