आइतबार, चैत १२, २०७९

थप २०३ जना कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ३१ गते १८:१५

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २०३ जना कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षण गर्दा उक्त व्यक्तिहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा छ हजार १३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

तपाइँको प्रतिक्रिया