बिहीबार, चैत ९, २०७९

५ जना भन्दा बढी भेला नहुन जिल्ला प्रशासन कार्यालय ललितपुरकाे आदेश

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ३१ गते १७:४७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले ५ जना भन्दा बढि भेला हुन नपाउने गरि निषेधीत क्षेत्र तोकेको छ । शनिबार बिहान ६ बजेदेखि बुधबार राति १० बजेसम्मको लागि सो आदेश जारी भएको हो।

श्री रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्र,पूर्वस् मदन स्मारक स्कुल अगाडिको चोक,पश्चिम,श्री रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिम तर्फको बारुण यन्त्र रहेको स्थान दक्षिण, सेन्ट जेभियर्स स्कुल अगाडीको चोक (अल्का मोड) क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।

त्यस्तै उत्तर, लविम मल पश्चिमपट्टीको सडक श्री मिन नाथको रथ रहेको आसपास क्षेत्र,पूर्व- गणेशस्थान मन्दिर, पश्चिम-टबहाल चोक दक्षिण ईति चोक उत्तर-टंगल र चक्रवहिली गल्लीमा ५ जना भन्दा बढि भेला हुन नपाउने गरि रोक लगाएको निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएका हुन्। रातो मच्छिन्द्रनाथको रथ यात्रामा हुन सक्ने हुलदंगा वा अशान्तिलाई मध्यनजरमा राख्दै प्रशासनले निषेधित क्षेत्र तोकेको हो।

तपाइँको प्रतिक्रिया