सत्ता राजनीति भन्दा कोभिड नियन्त्रण अर्थराजनीतिमा केन्द्रीत होऊँ-बाबुराम
काठमाडौं । जनता समाजवादीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले अबको केही समय सत्ता राजनीति भन्दा कोभिड १९ नियन्त्रणको अर्थराजनीतिमा ध्यान केन्द्रीत हुनु पर्ने बताएका छन् । सत्ता समिकरण सहित सत्ताको दाउ हेरिरहेका डा. भट्टराईले पहिलो पटक राजनीति भन्दा कोभिड नियन्त्रणमा ध्यान केन्द्रीत हुन आग्रह गरेका छन् ।
महन्त ठाकुर र राजेन्द्र महतो बेगर चलिरहेका डा. भट्टराईले सत्ताराजनीति भन्दा पर रहेर वर्तमान कोरोना नियन्त्रणको लागि लाग्नु पर्ने बताएका हुन् । उनले ट्विट मार्फ भनेका छन,अब केही समय देशको सम्पूर्ण ध्यान सत्ता राजनीतिबाट कोभिड(१९ नियन्त्रणको अर्थ-राजनीतिमा केन्द्रित होऊॅ। तत्काल विभिन्न तहका सरकार र निजी क्षेत्रको संयोजनमा पर्याप्त अक्सिजन उत्पादनरवितरण,बेडरउपकरण,जनशक्ति,खोप आदि व्यवस्थापन युद्धस्तरमा गरौं ।
साथै उनले जनताको जीउज्यान रहे राजनीति हुॅदैगर्ला भन्दै सुझाव समेत दिएका छन् ।