मंगलबार, माघ २४, २०७९

पार्टी एकता निर्माणमा सफलता मिलोस-नेता गौतम

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ३१ गते ११:३७

काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले पार्टी नेकपा एमालेको आन्तरिक विवाद अन्त्य हुनेमा विश्वास व्यक्त गरेका छन् । उनले एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको पछिल्लो सम्वाद सकारात्मक भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

केही दिन अघि माधव नेपाल समुह अलग भएमा त्यसमा सहभागी हुने प्रतिक्रिया दिएका नेता गौतमले ओली नेपालबीचको वार्तालाई स्वागत गर्दै शुभकामना व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष क.के.पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क.माधव कुमार नेपाल विच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको उल्लेख गरेका छन् । यो नेकपा(एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु भन्दै आफ्नो भनाई उल्लेख गरेका छन् ।

साथै पार्टी अध्यक्ष क.के.पी. शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई भन्दै आफ्नो भनाई व्क्तm गरेका छन् ।

तपाइँको प्रतिक्रिया