माओवादी पार्टीले अरुको विरोध गर्दै समय खेर फाल्नु हुँदैन- प्रवक्ता श्रेष्ठ
काठमाडौं । प्रतिपक्ष दल नेकपा माओवाद केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाण्डले नेकपा माओवादी (केन्द्र)ले अरुको विरोध गर्दै समय खेर फाल्न नहुनेमा जोड दिएका छन् । कांग्रेस लगातका पार्टीसँगको गठबन्धनमा रहेर सरकार निर्माण गर्न लागेको माओवादी केन्द्र असफल भएपछि प्रवक्ता श्रेष्ठले उक्त सुझाव दिएका हुन् ।
प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत नेकपा एमालेलाई बधाई तथा शुभकामना दिदै भनेका छन्, हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारीहरु ,मुख्यतस् हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) ले अव प्रतिक्रियात्मक भएर अरुको बिरोधमा समय खेर फाल्नु हुदैन। देशभक्ति ,क्रान्तिनिष्ठता , सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै ब्यबस्थितरुपमा बैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरण को अभियान सञ्चालन गर्नुपर्छ ।
प्रवक्ता शर्माले बैचारिक छिपछिपेपन , बिधिपध्दतिको अवज्ञा ,ब्यक्तिवाद ,संकिर्णता , अनेकता ,गुटवन्दी , भ्रष्टीकरणबाट माथि उठ्नुपर्ने उल्लेख गर्दै त्यसको बिरुद्ध संघर्ष गर्न दृढ हुनुपर्नेमा जोड दिए। त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्नेछौं उनले भनेका छन् ।
बिचलन ,निराशा र निष्कृयता क्रान्तिकारी गुणचरीत्र होइन । घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारीकन पनि आजको आवश्यकता पुरा गर्न नसकिने उल्लेख गर्दै तत्कालै सिङ्गो पाटी पङ्क्ति कोरोना महामारी सङग जुझ्न स्वयंसेवामा जुट्न समेत आग्रह गरेका छन् ।