मंगलबार, माघ २४, २०७९

पछिल्लो २४ घण्टामा थप २२४ जना कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ३० गते १८:०३

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै बिहिबार थप ८ हजार ८४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार १९ हजार ४७४ पीसीआर परीक्षणबाट ८ हजार ८४२ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट गरिएको ७७१ नमुना परीक्षणमा ११८ जनामा पोजिटिभ देखिएको छ । त्यस्तै आज हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तपाइँको प्रतिक्रिया