महन्थ ठाकुरले आफू निकट सांसदलाई रिसोर्ट पुर्याए
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ३० गते १६:४७
काठमाडौं । जनता समाजावादीका अध्यक्ष महन्थ ठाकुरले आफू निकट सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा पुर्याएका छन् । जसपा भित्र सरकारमा जाने र नजाने भन्ने कुरा विवाद भइरहेको अवस्थामा अध्यक्ष ठाकुरले आफु निकट सांसदहरुलाई रिर्साटमा पुगाएका हुन् ।
एक सांसदले भने, अहिले हामी एक रिसोर्टमा छौं । हामी पक्षकालाई यहाँ ल्याइएको छ । १७ सांसदमध्ये १३ जना रिसोर्टमा छौं ।
सांसदहरूलाई रिसोर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महतो पनि साथमै रहेका छन् । ुकुन रिसोर्टमा भन्न मिल्दैन । यहाँ राजेन्द्र महतो पनि हुनुहुन्छ ।