शनिबार, माघ २१, २०७९

ओली-नेपालबीच वार्ता सुरु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ३० गते १५:१३

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपालबीच वार्ता सुरु भएको छ । लामो समयदेखि आन्तरिक विवादमा रुमलिएको नेकपा एमाले सत्ता हुँदै पार्टीमा समेत फुटको अवस्थामा आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा दुई नेताबीच वार्ता सुरु भएको हो ।
काठमाडौं बूढानीलण्ठस्थित एक व्यवसायीको घरमा उहाँहरू वार्तामा बस्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । माधवकुमार नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि छुट्टै स्थान तय गरिएको हो ।

यसअघि आजै बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले नेपाल पक्षका चार नेतामाथिको कारबाही फिर्ता गरेपछि ओली र नेपालबीच वार्ता तय भएको हो ।

आफूलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्न सामूहिक राजीनामा दिने तयारी गरेपछि ओलीले टेलिफोन गरी नेपालसँग भेटको प्रस्ताव गरेका हुन् । नेपाल पक्ष सहमतिका लागि पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने अडानबाट पछि नहट्न पक्षमा छन् ।

तपाइँको प्रतिक्रिया