शुक्रबार, माघ १३, २०७९

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितल निवास पुगे

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ३० गते १४:३१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न शीतलनिवास पुगेका छन्। विपक्षी दलहरूले सत्ता समीकरणको पहल गरिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन।

राष्ट्रपतिसँगको भेटपछि ओलीले पार्टीका नेता माधवकुमार नेपालसँग पनि भेट्नु हुने स्रोतले जनाएको छ । उनीहरूको वार्ता ४ बजेका लागि तय भएको छ ।

सत्ता समीकरणको रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्री ओली र राष्ट्रपतिको भेट पनि बाक्लिएको छ ।

तपाइँको प्रतिक्रिया