बिहीबार, माघ २६, २०७९

चार बजे भित्र माग पूरा नभए नेपाल खनाल समूहका सांसदहरुले राजीनामा दिने

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ३० गते १३:४१

काठमाडौं । नेकपा एमाले माधव कुमार नेपाल र झलनाथ खनाल समूहले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आज दिउँसो चार बजे सम्म आफ्ना माग पूरा गर्न अल्टिमेटम दिएको छ ।

चार जना नेताहरुको कार्बाही फुवुका गरेको एमाले संस्थापन पक्षले एमालेको नौं महाधिवेशनमा नफर्किने हो सामूहिक राजीनामा दिने चेतावनी दिएको छ ।

नेपाल-खनाल समूहका नेता भीम रावलले भने,‘हामी नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्छ भनेर भनिरहेका छौं । अब हाम्रा वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीको बीच वार्ता हुँदैछ । वार्ता हुनु ठीक छ,’ राववले भने, ‘तर, हाम्रा यी माग पूरा भएनन् भने साढे ४ बजेपछि हामी राजीनामा दिन्छौं ।’

तपाइँको प्रतिक्रिया