एमाले स्थायी कमिटीको बैठक सम्पन्न, माधव नेपाल सहितका चार एमाले नेताहरुको कार्बाही फुकुवा
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ३० गते ११:२०
काठमाडौं । एमाले स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सहितका चार नेताहरुको कार्बाही फुकुवा गरेको छ । विहिबार बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले चार नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ९ बजेसम्म दुई वा दुईभन्दा बढी राजनीतिक दलको गठबन्धन सरकार गठनका लागि समय दिएकी छन् । बैठकमा सरकार गठनका विकल्पबारे छलफल भएकाे स्राेतले जनाएकाे छ ।