सोमबार, चैत १३, २०७९

नयाँ सरकार गठनको समय सिमा आज सकिदै,बहुमतको सरकार बन्न कठिन

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ३० गते १०:२०

काठमाडौ । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारले दिएको समयसिमा आज सकिदैछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय सिमा राखेर नयाँ सरकार निर्माणका लागि आव्हान गरेकी थिइन् ।

तर सरकार गठनको नेतृत्व गर्न तम्सिएको नेपाली कांग्रेसले बहुमत जुटाउन सकेको छैन । ३२ जना सांसद रहेको जनता समाजवादी पार्टी दुई खेमामा विभाजित हुँदा गठबन्धनको नयाँ सरकार बन्ने सम्भावना कम हुँदै गएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफूहरु नयाँ सरकारमा नजाने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत पत्र पठाइसकेका छन् । तर अर्का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईले भने जसरी पनि केपी शर्मा ओलीलाई हटाउनुपर्ने भन्दै कांग्रेसलाई साथ दिने निर्णय गरिकेका छन् ।

जसपाले साथ नदिएपछि कांग्रेस सभापति देउवाले नेकपा एमालेको माधव नेपाल पक्षको साथ खोजेका छन् । उनले नेपाल समूहका सांसदले राजीनामा दिएमा जसपाको महन्थ ठाकुर पक्षले साथ नदिए पनि नयाँ सरकार बन्ने बताएका छन ।

तपाइँको प्रतिक्रिया